रोमानियामा सन् १९५९ मा यस्तो ओलम्पियाड भयो जतिबेला विश्वभर गणितको हाउगुजीले कब्जा जमाएको थियो । अफ्रिकी र एसियाली देशमा गणित भनेपछि युद्ध भन्दा कठिन हुन्छ भन्ने मान्यता चुलीमा पुगेको थियो । ठिक त्यसैबेला रोमानियामा भएको अन्तर्राष्ट्रिय गणित ओलम्पियाडले धेरैको ध्यान तान्यो । गणितका सुत्रलाई व्यवहारिक जीवनउपयोगी बनाउने र नयाँ सुत्र प्रतिपादन गरेर विभिन्न देशका विद्यार्थीले प्रतियोगितामा भाग नलिएका विद्यार्थीलाई सहभागी हुन प्ररित गरे ।
अन्तर्राष्ट्रिय गणित आलम्पियाडक भएको ५८ वर्षमा धेरै आविष्कार भए । विश्वभरका विद्यार्थीले हरेक वर्ष नयाँ नयाँ कुरा जान्नेसुन्ने अवसर पाए । तर सरकारको असहयोगका कारण नेपाली विद्यार्थीले भने अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागिता जनाउन पाएनन् । तर अहिले भने त्रिविमा गणित पढेका विद्यार्थीको संस्था गणित ओलम्पियाड नेपालको समन्वयमा नेपाली गणितका प्रतिभाहरु ब्राजिलको रियोमा हुने अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा भाग लिने जान पाउने भएका छन् ।
विश्वभरका गणितमा खुङखार विद्यार्थीसँग नेपाली विद्यार्थीले पहिलोपटक प्रतिष्पर्धा गर्न पाउने भएपछि विद्यार्थी मख्ख छन् । पर्याप्त तालिम र अध्ययनको वातावरण नभएपनि भर्खरै जुँगाको रेखी बसेका ६ जना विद्यार्थी ब्राजिल जाँदैछन् ।
२० वर्षसम्मका र विश्वविद्यालयमा भर्ना नभइसकेका विद्यार्थीहरु समावेश प्रतियोगितामा विश्वभरका १ सय २५ देशका विद्यार्थी सहभागी हुनेछन् । नेपालबाट सहभागिताका लागि सामुदायिक विद्यालय, प्याबसन, एनप्याबसन लगायतको सहकार्यमा सुरुमा ४० जिल्लामा हजारौं विद्यार्थीका बिचमा प्रतियोगिता गरियो ।
सुरुको चरणमा १ सय मिनेटको जाँच लिइयो । विभिन्न चरणका जाँचपछि हरेक जिल्लाबाट उत्कृष्ट ६ जना विद्यार्थी छानियो । सुरुमा ४० जिल्लामा प्रतियोगिता गर्दा ३५ जिल्ला छुटेका थिए तर पछि सूचना निकालेर ३५ जिल्लाका विद्यार्थीलाई पनि सहभागी गराइयो । हरेक जिल्लाबाट छनौट भएका ६ जनाको बिचमा पनि प्रतिष्पर्धा गराएर देशैभरका उत्कृष्ट १० जना विद्यार्थीको नाम सार्वजनिक भयो ।
गएको वैशाख १० गते काठमाडौं विश्वविद्यालयमा गणितिज्ञ प्राध्यापक डा. भद्रमान तुलाधरसहितको छनौट समितिले १० जनाबिच पनि प्रतिष्पर्धा गराएर उत्कृष्ट ६ जना विद्यार्थीको नाम छनौट गरेको थियो । गणित ओलम्पियाडमा विवेक पन्थी, प्रविन महतो, विवेक पन्थी, अजय पोखरेल, अवनिस खनाल र प्रशन्न पोख्रेलले नेपालको प्रतिनिधित्व गर्नेछन् । विश्व गणित ओलम्पियाड सन् १९५९ देखि हरेक वर्ष हुँदै आएको भएपनि नेपाल भने पहिलोपटक सहभागी हुन लागेको हो ।
‘गणितलाई युद्ध भन्दा गाह्रो ठान्ने होइन, ब्राजिलबाट उपाधि ल्याउने हो’
अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा भाग लिनको लागि २० वर्षभन्दा कम उमेरको हुनुपर्ने र विश्वविद्यालयमा भर्ना नभएका विद्यार्थी हुनुपर्छ । ५८ वर्षको इतिहासमा पहिलोपटक सहभागी हुन लागेका ६ जना नेपाली विद्यार्थी कोही ११ कक्षामा पढ्छन् भने कोही १२ कक्षामा पढ्छन् । नेपालको प्रतिनिधित्व गरेर ब्राजिल जान लागेका केहीलाई ‘५८ वर्षसम्म प्रतिष्पर्धा गरेका विद्यार्थीसँग त हाम्रो केही लाग्दैन’ जस्तो लागेको छ । तर केहीलाई भने पहिलो सहभागीतामै नेपालको इज्जत राखिन्छ कि भन्ने लागेको छ ।
‘इन्टरनेटमा अन्तर्राष्ट्रिय गणित ओलम्पियाडको ट्यालेन्ट हेर्दा त हामी निकै पछाडी छौं तर हामी पनि कम छैनौं’ गणित ओलम्पियाडमा ब्राजिल जान लागेका काठमाडौंको सेन्ट जेभियर्स कलेजमा पढ्ने गुल्मीका विवेक पन्थीले भन्नुभयो, ‘गणितलाई युद्ध भन्दा गाह्रो ठान्ने होइन, ब्राजिलबाट उपाधि ल्याउने हो ।’
विवेक मात्रै होइन गणित ओलम्पियाडमा भाग लिन जाने अरु विद्यार्थी पनि निकै उत्साहित छन् । ट्रिनिटी कलेजमा पढ्ने नवलपरासीको रामनगरका अजय पोखरेललाई पनि पहिलो सहभागितामै नेपालको नाम चिनाउने गरी क्षमता देखाउन हतारो भइसकेको छ । ‘हुन त ५८ वर्षको इतिहासमा पहिलोपटक सहभागी हुन पाउनु नै नेपालको लागि ठूलो कुरा हो, तर पहिलो सहभागिता भनेर हामीले कमजोर भने ठानेका छैनौं’ अजय पोख्रेलले भन्नुभयो, ‘अरु देशले यसअघि भाग लिएको भएर प्रश्नको बारेमा पनि जानकारी छ तर हामीलाई त्यस्तो नहुँदा नहुँदै पनि उपाधिको लक्ष्यमा छौं ।’
अर्जुन पोख्रेल/
काठमाडौं, असार १३ – ‘हामी यहाँ आएदेखि दिनँहु पानी परिरहेको छ, पहिलो कुरा त हामीलाई मतदान स्थलामा आवश्यक तयारी पूरा गर्न समस्या भैरहेको छ, अर्को कुरा चुनावको दिन कसरी टार्ने हो भन्ने समस्या छ’ प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ५ को भानु प्रावी दशमुरे मदतान केन्द्रमा खटिएका मतदान अधिकृत कमल थपलियाले उज्यालो अनलाइनसँग गुनासो पोख्नुभयो, ‘मतपेटिका ओभानो राख्न निर्वाचन आयोगले कुनै व्यावस्था गरेको अवस्था छैन, हामीलाई त साह्रै आपत पर्नेभयो ।’
प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ५ को दशशमुरे मतदान केन्द्रमा खटिएका मतदान अधिकृत कमल थपलियालाई जस्तै पिर अहिले सबैजसो मतदान अधिकृत र कर्मचारीलाई परेको छ । रातदिन पार्नी वर्षिरहन्छ, खोलानाला बढेका छन्, बाढी पहिरोको डर त छँदैछ, आफूलाई दिइएको जिम्मेवारी कसरी पूरा गर्ने भन्ने पनि ठूलै पिरलो छ । मतपत्रमा थोरै मात्रै तलमाथी हुँदा मत बदर हुन्छ, ठूलै विवाद पनि हुन सक्छ । झरीको बिचमा चुनाव हुँदा एकातिर कर्मचारीलाई मतपत्रलाई कसरी ओभानो राख्ने भन्ने चिन्ता अनि मतदातालाई चाँही मतदान केन्द्रसम्म पुग्ने र मतपत्र नभिजाइकन कसरी भोट हाल्ने भन्ने पिर ।
शहर र गाडीको सजिलै पुग्ने ठाउँमा त टेन्टको पनि जोहो गर्न सकिन्छ तर विकट गाउँमा प्लाष्टिक र टेन्ट पाउनु धेरै परको कुरा हो । गड्याङ गुडुङसहित रातदिनको झरीले ८ हजार ३ सय ६४ मतदान केन्द्रमा खटिएका ६६ हजार ९ सय कर्मचारीहरुलाई मतपत्र र मतपेटिका कसरी ओभानो राख्ने भन्ने पिरलो थपिएको छ । मदतान केन्द्रमा खटिएका कर्मचारीले भोट हाल्न आउँदा छाता लिएर आउनुस है भनेर सूचना दिइसकेका छन् तर आफूले जिम्मा लिएको काम कसरी गर्ने ठूलो चुनौती थपिएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को ज्ञानोदय आधारभुत विद्यालय सतघरुवा, मतदान केन्द्रका मतदान अधिकृत यज्ञ नेपाल भन्नुहुन्छ, ‘विहानै पानी नपर्ने जस्तो देखियो भने तपाइँहरु बिहानै मतदान केन्द्रमा आउनुहोला र सकभर छिटै मतदान सक्नुपर्नेछ भनेर पनि भनेका छौं, यदि पानी परिहाल्यो भने टेन्टसेन्ट लगाएर यसो छोप्नुपर्ला ।’
बर्खाको समय भएको हुनाले निर्वाचन आयोगले पनि मदतान केन्द्रको लागि केही लचकता अपनाउन सकिने जानकारी दिएको बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को ज्ञानोदय आधारभुत विद्यालय सतघरुवा, मतदान केन्द्रका मतदान अधिकृत यज्ञ नेपालको भनाई छ । ‘दिनभरी नै पानी प¥यो भने, सम्बन्धित मतदान केन्द्रमा रहेका हलहरुलाई पनि मतदान स्थलको रुपमा प्रयोग गर्न दिन आयोगले भनेको छ, यहाँ साना साना हल छन् हामीले त्यो पनि प्रयोग गर्न सक्छौं’ उहाँले भन्नुभयो ।

आयोग भन्छ, असार १४ गते चुनाव सार्ने दलहरु नै हुन, हामीलाई भन्दा बढी चासो हुनुपर्छ
७ सय ४४ वटै तहमा वैशाख ३१ गते नै चुनाव गर्ने भनिए पनि राजपालाई सहमतीमा ल्याउने नाममा पहिलो चरणमा २ सय ८३ तहमा मात्रै चुनाव गरियो भने दोस्रो चरणको चुनाव जेठ ३१ गतेलाई सारियो । तर राजपा नआएपछि असार १४ गतेलाई चुनाव सारियो त्यो पनि २ नम्बर प्रदेशमा पछि गर्ने गरी । असारको १४ गते चुनाव गर्दा बर्खा लागिसक्ने मौसमविद्ले जानकारी दिइसकेका थिए तर सरकारले छाता ओढेर र ढुंगा चढेरै भए पनि चुनावमा जानैपर्ने बाध्यता रहेको भन्दै चुनाव गराएरै छाड्ने भयो । बुधबार बिहानैदेखि देशभरका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन्, त्यसैले मतपत्रमा मसी लतपतिने र मतपेटिका समेत भिज्ने डर छ । बर्खामा चुनाव गरेकै कारण बदर मतको संख्या बढ्ने डर पनि उत्तिकै छ । निर्वाचन आयोगका कारण नभइ दलहरुका कारण बर्खामा चुनाव गर्नुपरेकोले मतपत्र नभिज्ने वातावरण बनाउन दलहरु नै लाग्नुपर्ने बताउनुहुन्छ, निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा ।
‘हाम्रो कारणले चुनाव असार १४ गतेलाई सरेको होइन, राजनितीक दलहरुले तन्काउँदा तन्काउँदा मिती सरेको हो, त्यसैले उहाँहरुले पनि मतपत्र र मतपेटिकाको सुरक्षाको लागि सहयोग गर्नुपर्छ, स्थानिय तहमा भएका सामग्रीको प्रयोग गरेर भए पनि मतपत्र नभिज्ने वातावरण बनाउनुपर्छ’ आयोगका प्रवक्ता शर्माले भन्नुभयो ।
आगामी माघ ७ गतेभित्र ३ वटै तहको चुनाव गर्ने बाध्यता र आन्दोलनमा रहेको राजपालाई चुनावमा सहभागी गराउन सरकारले मध्य रातदिन झरी पर्ने र खोलानाला बढ्ने समयमा पनि चुनाव गराएको छ । मतदानको दिन पनि पानी पर्ने भएकाले मतपत्र भिज्न नदिन निर्वाचन आयोगलाई सबैले सहयोग गर्नुपर्ने देखिन्छ ।
http://ujyaaloonline.com/news/78600/chunab/

Blog Archive
Search This Blog
Categories
Wikipedia
Search results
Text Widget
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.
Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Sample Text

Translate
Definition List
- Definition list
- Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
- Lorem ipsum dolor sit amet
- Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
Pages
Support
Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.
Ordered List
- Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
- Aliquam tincidunt mauris eu risus.
- Vestibulum auctor dapibus neque.