Home » , » गणितलाई युद्ध भन्दा गाह्रो ठान्ने होइन, ब्राजिलबाट उपाधि ल्याउने हो

रोमानियामा सन् १९५९ मा यस्तो ओलम्पियाड भयो जतिबेला विश्वभर गणितको हाउगुजीले कब्जा जमाएको थियो । अफ्रिकी र एसियाली देशमा गणित भनेपछि युद्ध भन्दा कठिन हुन्छ भन्ने मान्यता चुलीमा पुगेको थियो । ठिक त्यसैबेला रोमानियामा भएको अन्तर्राष्ट्रिय गणित ओलम्पियाडले धेरैको ध्यान तान्यो । गणितका सुत्रलाई व्यवहारिक जीवनउपयोगी बनाउने र नयाँ सुत्र प्रतिपादन गरेर विभिन्न देशका विद्यार्थीले प्रतियोगितामा भाग नलिएका विद्यार्थीलाई सहभागी हुन प्ररित गरे ।
अन्तर्राष्ट्रिय गणित आलम्पियाडक भएको ५८ वर्षमा धेरै आविष्कार भए । विश्वभरका विद्यार्थीले हरेक वर्ष नयाँ नयाँ कुरा जान्नेसुन्ने अवसर पाए । तर सरकारको असहयोगका कारण नेपाली विद्यार्थीले भने अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागिता जनाउन पाएनन् ।  तर अहिले भने त्रिविमा गणित पढेका विद्यार्थीको संस्था गणित ओलम्पियाड नेपालको समन्वयमा नेपाली गणितका प्रतिभाहरु ब्राजिलको रियोमा हुने अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा भाग लिने जान पाउने भएका छन् ।
विश्वभरका गणितमा खुङखार विद्यार्थीसँग नेपाली विद्यार्थीले पहिलोपटक प्रतिष्पर्धा गर्न पाउने भएपछि विद्यार्थी मख्ख छन् । पर्याप्त तालिम  र अध्ययनको वातावरण नभएपनि भर्खरै जुँगाको रेखी बसेका ६ जना विद्यार्थी ब्राजिल जाँदैछन् । 
२० वर्षसम्मका र विश्वविद्यालयमा भर्ना नभइसकेका विद्यार्थीहरु समावेश प्रतियोगितामा विश्वभरका १ सय २५ देशका विद्यार्थी सहभागी हुनेछन् । नेपालबाट सहभागिताका लागि सामुदायिक विद्यालय, प्याबसन, एनप्याबसन लगायतको सहकार्यमा सुरुमा ४० जिल्लामा हजारौं विद्यार्थीका बिचमा प्रतियोगिता गरियो ।
सुरुको चरणमा १ सय मिनेटको जाँच लिइयो । विभिन्न चरणका जाँचपछि हरेक जिल्लाबाट उत्कृष्ट ६ जना विद्यार्थी छानियो । सुरुमा ४० जिल्लामा प्रतियोगिता गर्दा ३५ जिल्ला छुटेका थिए तर पछि सूचना निकालेर ३५ जिल्लाका विद्यार्थीलाई पनि सहभागी गराइयो । हरेक जिल्लाबाट छनौट भएका ६ जनाको बिचमा पनि प्रतिष्पर्धा गराएर देशैभरका उत्कृष्ट १० जना विद्यार्थीको नाम सार्वजनिक भयो । 
गएको वैशाख १० गते काठमाडौं विश्वविद्यालयमा गणितिज्ञ प्राध्यापक डा. भद्रमान तुलाधरसहितको छनौट समितिले १० जनाबिच पनि प्रतिष्पर्धा गराएर उत्कृष्ट ६ जना विद्यार्थीको नाम छनौट गरेको थियो । गणित ओलम्पियाडमा विवेक पन्थी, प्रविन महतो, विवेक पन्थी, अजय पोखरेल, अवनिस खनाल र प्रशन्न पोख्रेलले नेपालको प्रतिनिधित्व गर्नेछन् । विश्व गणित ओलम्पियाड सन् १९५९ देखि हरेक वर्ष हुँदै आएको भएपनि नेपाल भने पहिलोपटक सहभागी हुन लागेको हो ।

‘गणितलाई युद्ध भन्दा गाह्रो ठान्ने होइन, ब्राजिलबाट उपाधि ल्याउने हो’

अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा भाग लिनको लागि २० वर्षभन्दा कम उमेरको हुनुपर्ने र विश्वविद्यालयमा भर्ना नभएका विद्यार्थी हुनुपर्छ । ५८ वर्षको इतिहासमा पहिलोपटक सहभागी हुन लागेका ६ जना नेपाली विद्यार्थी कोही ११ कक्षामा पढ्छन् भने कोही १२ कक्षामा पढ्छन् । नेपालको प्रतिनिधित्व गरेर ब्राजिल जान लागेका केहीलाई ‘५८ वर्षसम्म प्रतिष्पर्धा गरेका विद्यार्थीसँग त हाम्रो केही लाग्दैन’ जस्तो लागेको छ । तर केहीलाई भने पहिलो सहभागीतामै नेपालको इज्जत राखिन्छ कि भन्ने लागेको छ । 
‘इन्टरनेटमा अन्तर्राष्ट्रिय गणित ओलम्पियाडको ट्यालेन्ट हेर्दा त हामी निकै पछाडी छौं तर हामी पनि कम छैनौं’ गणित ओलम्पियाडमा ब्राजिल जान लागेका काठमाडौंको सेन्ट जेभियर्स कलेजमा पढ्ने गुल्मीका विवेक पन्थीले भन्नुभयो, ‘गणितलाई युद्ध भन्दा गाह्रो ठान्ने होइन, ब्राजिलबाट उपाधि ल्याउने हो ।’
विवेक मात्रै होइन गणित ओलम्पियाडमा भाग लिन जाने अरु विद्यार्थी पनि निकै उत्साहित छन् । ट्रिनिटी कलेजमा पढ्ने नवलपरासीको रामनगरका अजय पोखरेललाई पनि पहिलो सहभागितामै नेपालको नाम चिनाउने गरी क्षमता देखाउन हतारो भइसकेको छ । ‘हुन त ५८ वर्षको इतिहासमा पहिलोपटक सहभागी हुन पाउनु नै नेपालको लागि ठूलो कुरा हो, तर पहिलो सहभागिता भनेर हामीले कमजोर भने ठानेका छैनौं’ अजय पोख्रेलले भन्नुभयो, ‘अरु देशले यसअघि भाग लिएको भएर प्रश्नको बारेमा पनि जानकारी छ तर हामीलाई त्यस्तो नहुँदा नहुँदै पनि उपाधिको लक्ष्यमा छौं ।’

Tags: ,

0 comments to "गणितलाई युद्ध भन्दा गाह्रो ठान्ने होइन, ब्राजिलबाट उपाधि ल्याउने हो"

Leave a comment

Search This Blog

Categories

Wikipedia

Search results

Text Widget

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Translate

Definition List

Definition list
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
Lorem ipsum dolor sit amet
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.

Ordered List

  1. Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  2. Aliquam tincidunt mauris eu risus.
  3. Vestibulum auctor dapibus neque.