Home » » न टेन्ट, न प्लाष्टिक, मतपत्र कसरी जोगाउने ?

अर्जुन पोख्रेल/
काठमाडौं, असार १३ – ‘हामी यहाँ आएदेखि दिनँहु पानी परिरहेको छ, पहिलो कुरा त हामीलाई मतदान स्थलामा आवश्यक तयारी पूरा गर्न समस्या भैरहेको छ, अर्को कुरा चुनावको दिन कसरी टार्ने हो भन्ने समस्या छ’ प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ५ को भानु प्रावी दशमुरे मदतान केन्द्रमा खटिएका मतदान अधिकृत कमल थपलियाले उज्यालो अनलाइनसँग गुनासो पोख्नुभयो, ‘मतपेटिका ओभानो राख्न निर्वाचन आयोगले कुनै व्यावस्था गरेको अवस्था छैन, हामीलाई त साह्रै आपत पर्नेभयो ।’
प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ५ को दशशमुरे मतदान केन्द्रमा खटिएका मतदान अधिकृत कमल थपलियालाई जस्तै पिर अहिले सबैजसो मतदान अधिकृत र कर्मचारीलाई परेको छ । रातदिन पार्नी वर्षिरहन्छ, खोलानाला बढेका छन्, बाढी पहिरोको डर त छँदैछ, आफूलाई दिइएको जिम्मेवारी कसरी पूरा गर्ने भन्ने पनि ठूलै पिरलो छ । मतपत्रमा थोरै मात्रै तलमाथी हुँदा मत बदर हुन्छ, ठूलै विवाद पनि हुन सक्छ । झरीको बिचमा चुनाव हुँदा एकातिर कर्मचारीलाई मतपत्रलाई कसरी ओभानो राख्ने भन्ने चिन्ता अनि मतदातालाई चाँही मतदान केन्द्रसम्म पुग्ने र मतपत्र नभिजाइकन कसरी भोट हाल्ने भन्ने पिर ।
शहर र गाडीको सजिलै पुग्ने ठाउँमा त टेन्टको पनि जोहो गर्न सकिन्छ तर विकट गाउँमा प्लाष्टिक र टेन्ट पाउनु धेरै परको कुरा हो । गड्याङ गुडुङसहित रातदिनको झरीले ८ हजार ३ सय ६४ मतदान केन्द्रमा खटिएका ६६ हजार ९ सय कर्मचारीहरुलाई मतपत्र र मतपेटिका कसरी ओभानो राख्ने भन्ने पिरलो थपिएको छ । मदतान केन्द्रमा खटिएका कर्मचारीले भोट हाल्न आउँदा छाता लिएर आउनुस है भनेर सूचना दिइसकेका छन् तर आफूले जिम्मा लिएको काम कसरी गर्ने ठूलो चुनौती थपिएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को ज्ञानोदय आधारभुत विद्यालय सतघरुवा, मतदान केन्द्रका मतदान अधिकृत यज्ञ नेपाल भन्नुहुन्छ, ‘विहानै पानी नपर्ने जस्तो देखियो भने तपाइँहरु बिहानै मतदान केन्द्रमा आउनुहोला र सकभर छिटै मतदान सक्नुपर्नेछ भनेर पनि भनेका छौं, यदि पानी परिहाल्यो भने टेन्टसेन्ट लगाएर यसो छोप्नुपर्ला ।’
बर्खाको समय भएको हुनाले निर्वाचन आयोगले पनि मदतान केन्द्रको लागि केही लचकता अपनाउन सकिने जानकारी दिएको बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को ज्ञानोदय आधारभुत विद्यालय सतघरुवा, मतदान केन्द्रका मतदान अधिकृत यज्ञ नेपालको भनाई छ । ‘दिनभरी नै पानी प¥यो भने, सम्बन्धित मतदान केन्द्रमा रहेका हलहरुलाई पनि मतदान स्थलको रुपमा प्रयोग गर्न दिन आयोगले भनेको छ, यहाँ साना साना हल छन् हामीले त्यो पनि प्रयोग गर्न सक्छौं’ उहाँले भन्नुभयो ।


आयोग भन्छ, असार १४ गते चुनाव सार्ने दलहरु नै हुन, हामीलाई भन्दा बढी चासो हुनुपर्छ
७ सय ४४ वटै तहमा वैशाख ३१ गते नै चुनाव गर्ने भनिए पनि राजपालाई सहमतीमा ल्याउने नाममा पहिलो चरणमा २ सय ८३ तहमा मात्रै चुनाव गरियो भने दोस्रो चरणको चुनाव जेठ ३१ गतेलाई सारियो । तर राजपा नआएपछि असार १४ गतेलाई चुनाव सारियो त्यो पनि २ नम्बर प्रदेशमा पछि गर्ने गरी । असारको १४ गते चुनाव गर्दा बर्खा लागिसक्ने मौसमविद्ले जानकारी दिइसकेका थिए तर सरकारले छाता ओढेर र ढुंगा चढेरै भए पनि चुनावमा जानैपर्ने बाध्यता रहेको भन्दै चुनाव गराएरै छाड्ने भयो । बुधबार बिहानैदेखि देशभरका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन्, त्यसैले मतपत्रमा मसी लतपतिने र मतपेटिका समेत भिज्ने डर छ । बर्खामा चुनाव गरेकै कारण बदर मतको संख्या बढ्ने डर पनि उत्तिकै छ । निर्वाचन आयोगका कारण नभइ दलहरुका कारण बर्खामा चुनाव गर्नुपरेकोले मतपत्र नभिज्ने वातावरण बनाउन दलहरु नै लाग्नुपर्ने बताउनुहुन्छ, निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा ।

‘हाम्रो कारणले चुनाव असार १४ गतेलाई सरेको होइन, राजनितीक दलहरुले तन्काउँदा तन्काउँदा मिती सरेको हो, त्यसैले उहाँहरुले पनि मतपत्र र मतपेटिकाको सुरक्षाको लागि सहयोग गर्नुपर्छ, स्थानिय तहमा भएका सामग्रीको प्रयोग गरेर भए पनि मतपत्र नभिज्ने वातावरण बनाउनुपर्छ’ आयोगका प्रवक्ता शर्माले भन्नुभयो ।
आगामी माघ ७ गतेभित्र ३ वटै तहको चुनाव गर्ने बाध्यता र आन्दोलनमा रहेको राजपालाई चुनावमा सहभागी गराउन सरकारले मध्य रातदिन झरी पर्ने र खोलानाला बढ्ने समयमा पनि चुनाव गराएको छ । मतदानको दिन पनि पानी पर्ने भएकाले मतपत्र भिज्न नदिन निर्वाचन आयोगलाई सबैले सहयोग गर्नुपर्ने देखिन्छ ।

http://ujyaaloonline.com/news/78600/chunab/

Tags:

0 comments to "न टेन्ट, न प्लाष्टिक, मतपत्र कसरी जोगाउने ?"

Leave a comment

Search This Blog

Categories

Wikipedia

Search results

Text Widget

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Translate

Definition List

Definition list
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
Lorem ipsum dolor sit amet
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.

Ordered List

  1. Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  2. Aliquam tincidunt mauris eu risus.
  3. Vestibulum auctor dapibus neque.