Home » , , , » सडकमै पौडी पोखरी बनाउन र माछा पाल्न सरकारलाई सुझाव

अर्जुन पोख्रेल/

काठमाडौं, साउन २४ – काठमाडौंका सडक पानी पर्ने बित्तिकै भैँसी आहाल बस्ने फोहोर पोखरी जस्ता हुन्छन । पानी परेको बेलामा मात्र होइन, पानी थामिएर घाम चर्किंदासम्म सडकको हालत उस्तै देखिन्छ । पोखरीजस्तो सडकमा गाडी गुड्दा लाग्छ सडकमा गाडी होइन पोखरीमा डुंगा चलेका छन् । 
पानी पर्ने  बित्तिकै सडक जलमग्न हुन्छन् । ढल निकास व्यवस्थित नहुँदा पानीको आहाल जम्ने समस्याले एकातिर दुर्घटनाको जोखिम छ भने अर्कोतिर पैदलयात्रु र सडक छेउका बासिन्दाले सास्ती खेप्दै आएका छन् । मोटरसाइकल चलाउने र सडकपेटीमा हिँड्नेहरु घुँडाघुँडासम्म आउने पानीमा खोला तरेजसरी नै बाटो काट्न बाध्य छन् ।
सुकिलो लुगा लगाएर घरबाट निस्केकाहरु सडकमा पुग्दासम्म हिलाम्मे भैसक्छन् । अझ केटाकेटीलाई डोहोर्याउँदै घरदेखि स्कूल र स्कूलदेखि घरसम्म ओहोरदोहोर गर्नेहरुलाई कम्ती हैरानी छैन । कतिपय केटाकेटी त सडक हिलो छ भनेर स्कूल जानै मान्दैनन् । दिनहुँ हिलाम्मे सडक हुँदै छोरीलाई स्कूल पुर्याउँदै आउनुभएकी तिनकुनेकी सीता कार्कीले भन्नुभयो ‘लगातार दुई दिनसम्म छोरीलाई गाडीले हिलो छ्यापेपछि छोरी यो बाटो स्कुल जान नै मान्दिनन’ उहाँले भन्नुभयो, ‘कति पटक त अफिस जान लगाएको लुगा हिलैहिलो भएर घर फर्कनुपरेको पनि छ ।’
केही वर्ष पहिले जापान सरकारले बनाइदिएको तिनकुने–सूर्यविनायक सडकका धेरै ठाउँ पानी पर्ने बित्तिकै पनि जलमग्न हुन्छन । सबैभन्दा समस्या त तीनकुनेमा देखिएको छ । कोटेश्वर ओरालोदेखि तीनकुनेसम्मको सडकमा त एक दिन पानी पर्यो भने हप्तौंसम्म सडकमै रहन्छ । गाडीको पांग्राले पानी छ्याप्दा सडक छेउ भएर हिँड्नेले मात्रै होइन, वरपर घर भएकाहरुले समेत हैरानी खेप्दै आएका छन् । पानी जम्ने सडक छेउका पसलेहरु हिलोकै कारण आफूकहाँ ग्राहक नआएको गुनासो गर्छन् । उनीहरु सरकारलाई व्यंग्य गर्छन् ‘सडकलाई कि सडकजस्तो बनाउ होइन भने सडकमै माछा पालन गर ।’  व्यापारी अशेष गजुरेलले आक्रोश पोख्दै भन्नुभयो ‘सडकलाई कि त गाडी  गुड्ने जस्तो बनाउनुपर्यो होइन भने पोखरी बनाएर माछा पाले फाइदा हुन्छ ।’
तीनकुने मात्र होइन टेकु, त्रिपुरेश्वर, जमल, पुतलीसडक, मैतिदेवी लगायतका सडकमा  पनि पानी परेको कयौं दिनसम्म सडक पोखरीजस्तो हुन्छ । यी सडकमा धेरैपटक गाडी नै डुबेर समस्या हुने गरेको छ । सरकारलाई दबाब दिन बेलाबेला स्थानीयबासिन्दाले सडकमा रोपाईं समेत गर्ने गर्छन् । तर समस्या उस्तै छ । 
सडकमा पानी जमेपछि कहाँ चिल्लो छ कहाँ खाल्डो खुट्याउनै सकिन्न । पानी जमेर सम्मजस्तो देखिने सडकमा अनुमानको भरमा गाडी चलाउँदा दुर्घटना हुने गरेको छ । मोटरसाइकल हाँक्नेहरु त कहाँनेर कतिखेर लड्ने हो भन्ने चिन्तामै हुईंकिरहेका हुन्छन । बौद्धका मोहन लामाले भन्नुभयो ‘बौद्धको सडकमा पानी जमेर पोखरीजस्तो भएको थियो कहाँनेर खाल्डो छ छुट्याउन नसक्दा म दुर्घटनामा परेको छु’ उहाँले भन्नुभयो, ‘देशका टाठाबाठा हिड्ने सडकको हालत यस्तो छ भने राजधानी बाहिरका सडको हालत कस्तो होला?’
काठमाडौं लगायतका देशका धेरै ठाउँको सडकको यो हालतबारे जिम्मेवार निकायलाई पनि राम्रोसँग थाहा छ । सडक र शहर व्यवस्थित बनाउने ठाउँमा बस्नेहरु पनि दिनहुँ यसैगरी ओहोरदोहोर गर्छन् । तर समस्या समाधानको लागि बेलैमा प्रयास हुँदैन । पहिलो कुरा त सडक बनाउने बेलामै राम्रोसँग ढल निकासको व्यवस्था मिलाईंदैन । अर्को हिउँदभरी कानमा तेल हालेर बस्ने अनी बर्खा लागेपछि हतारहतार काम गर्ने प्रवृत्ति छ । अनि सडक बनाउने, खन्ने, पुर्ने, भत्काउने र फेरि बनाउने निकायबीच समन्वयको अभाव छ । सडक कालोपत्रे भएपछि ढल, पानी, बिजुली र टेलिफोनको लागि जथाभावी खन्ने प्रवृत्तिमा सुधार हुन सकेको छैन । यसैकारण वर्षायाममा धेरै सडक भेल बग्ने खोलाजस्तो देखिन्छन् ।
सडक मर्मतको काम गर्ने  जिम्मा सडक विभागको हो । तर विभागका कुरा सुन्दा लाग्छ, काठमाडौंका सडक पोखरीजस्तो हुने समस्या तत्कालै समाधान हुने छाँट छैन । सडक विभागका महानिर्देशक माधव कार्की भन्नुहुन्छ,  ‘काठमाडौंमा आउटलेट नै छैन, भएका आउटलेट बन्द भैसके पानी निकासा गर्ने ठाउँ निकै अभाव छ’ । शहरीकरणले धेरै सडकको पानी नदीसम्म प¥याउनै समस्या भएको उहाँको भनाइ छ । एकातिर पानी निकासको लागि नाली नै अपुग छन भने अर्कोतिर भएका नालीको पनि क्षमता कम हुँदा सडक जाम भएको महानिर्देशक कार्कीले बताउनुभयो ।  
काठमाडौं सहित देशका धेरै ठाउँको सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने समस्याले धेरैजना आजित भैसकेका छन् । सरकारी निकायलाई झक्झक्याउन बेलाबेला हिलो सडकमा धान रोप्ने नागरिक कुनदिन डुंगा चलाउँदै सडकमा निस्के भने पनि नौलो कुरा नहोला ।

0 comments to "सडकमै पौडी पोखरी बनाउन र माछा पाल्न सरकारलाई सुझाव"

Leave a comment

Search This Blog

Categories

Wikipedia

Search results

Text Widget

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Translate

Definition List

Definition list
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
Lorem ipsum dolor sit amet
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.

Ordered List

  1. Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  2. Aliquam tincidunt mauris eu risus.
  3. Vestibulum auctor dapibus neque.