काठमाडौं – पेट्रोलियम पदार्थमा घाटा बढ्दै गए पनि नेपाल आयल निगमले छठसम्म भाउ नबढाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको निर्देशनमा भाउ नबढाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५० पैसा र डिजलमा ९ रुपैयाँ ३२ पैसा घाटा रहेको छ । यस्तै एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । भारतीय आयल कर्पोरेशन आईओसीले पठाएको मूल्यअनुसार नेपालमा मूल्य समायोजना नहुँदा निगमलाई मासिक २ अर्ब ८ करोड घाटा हुने प्रक्षेपण छ । २०७१ सालको असोजमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय भए पनि राजनितिक दबाबमा निगमले स्वचालित मुल्य प्रणाली पुर्ण रुपमा लागु गर्न नसकेको छैन ।
गएको असोज १ गते निगमले पेट्रोलियम पदार्थको भाउ बढाउँदा निकै विरोध भएको थियो । त्यसपछि पनि भारतीय आयल कर्पोरेशनले पटक पटक भाउ बढाएको छ, तर निगमले भने बढाएको छैन ।
अहिले भारतको रक्सौलमा भन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ७८ पैसा र डिजल २२ रुपैँया ५ पैसा सस्तो रहेको छ ।
उज्यालो रेडियो नेटवर्कबाट हरेक दिन बिहान ८ बजे, दिउँसो १२, दिउँसो ३ बजे, बेलुकी ५ बजे र बेलुकी ६ बजे "नेपाल खबर" प्रसारण हुन्छ । बिहान ८ र बेलुकी ५ बजेको नेपाल खबर काठमाडौंका स्थानीय गतिबिधिमा केन्द्रित हुन्छ भने बिहान ९, दिउँसो १२, दिउँसो ३ र बेलुकी ६ बजेको नेपाल खबरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिबिधि समेटिएको हुन्छ । नेपाल खबर उज्यालो रेडियो नेटवर्कसँगै देशभरका १३७ रेडियो स्टेशनबाट प्रसारण हुन्छ ।
DOWNLOAD AND PLAY
DOWNLOAD AND PLAY

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले आफूले प्युठानबाट चुनाव जित्ने मौका गुमाएको बताउनुभएको ।
प्युठान–काठमाडौं सम्पर्क मञ्चले पेरिसडाँडामा गरेको शुभकामना तथा कार्यक्रममा नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफूले प्युठानबाट चुनाव लडेको भए जित्ने दाबी गर्दै प्युठानबाट निर्वाचित हुने अवसर गुमेको बताउनुभयो । ‘मैले प्युठानबाट निर्वाचित हुने मौका गुमाएको छु, तर मैले प्युठानको लागि गरेका बाचा भुलेको छैन’, गौतमले भन्नुभयो ।
नेता गौतमले आफूले २०७० सालको चुनावमा प्युठानको लागि गरेको बाचा ५० प्रतिशत पूरा भएको र बाँकी यही सरकारका पालामा पूरा गरिने बताउनुभयो ।
२०७० सालको चुनावमा प्युठान क्षेत्र नम्बर १ र बर्दिया, दुवै ठाउँबाट गौतमले जित्नुभएकाे थियो ।
२०७० सालको चुनावमा प्युठान क्षेत्र नम्बर १ र बर्दिया, दुवै ठाउँबाट गौतमले जित्नुभएकाे थियो ।
नेकपाका केन्द्रिय सदस्य विजय गुरुङ, सांसद कृष्णध्वज खड्का, युवा नेता भोजविक्रम बुढालगायतले पार्टीको तल्लो तहसम्मको एकता प्रक्रियालाई चाँडो टुङ्ग्याई नागरिकको समृद्धिको अपेक्षालाई सार्थक तुल्याउन नेतृत्व वर्ग र सरकार केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउन दीपिका चन्दलाई २३ घण्टा लाग्यो । मंगलबार मध्यान्ह १२ बजे गाडी चढ्नुभएकी उहाँलाई बुधबार बिहान ११ बजे मात्रै बसले काठमाडौं ल्याइपुर्यायो ।
अरुबेला १८/१९ घण्टामै काठमाडौं आइपुग्ने गरेकोमा अहिले भने २३ घण्टा लागेको उहाँले सुनाउनुभयो । महेन्द्रनगरबाट मुग्निलसम्म आउँदा छिट्टै पुगिन्छ जस्तो लागेको भए पनि मुग्लिन कटेर धार्के सुरु भएपछि बस हिँड्नै छाडेको उहाँले बताउनुभयो ।
बस रोकिँदै हिँड्दै गर्दा त्यहाँबाट काठमाडौंसम्म आइपुग्न मात्रै ४/५ घण्टा समय खर्च भयो ।

दाङको भालुवाङबाट काठमाडौं आईपुग्न सामान्य अवस्थामा १२ घण्टाभन्दा बढी लाग्दैन । तर अहिले दाङबाट काठमाडौंसम्म आउन पनि १८ घण्टासम्म लाग्ने गरेको नमस्ते राप्ती यातायातका सहचालक दिपेस रावलले बताउनुभयो ।
‘नागढुङ्गाबाट काठमाडौं छिचोल्नै अहिले सबैभन्दा धेरै सकस हुन्छ′ उहाँले भन्नुभयो, ‘बाटो जताततै भत्केको छ, धुलो धुवाँ त्यस्तै छ, त्यसमाथि गाडी अगाडि नबढ्दा दिक्दारी त्यस्तै लाग्छ ।’
‘दसैँको मौका छोपेर बाटोमा खाजा, नास्ता खुवाउने पसलेले पनि त्यस्तै ठग्नेरहेछन्,’ काठमाडौं ओर्लनुभएकी चन्दले सुनाउनु भयो, ‘चाउचाउ उमालेर दिएको मात्रै ७५ रुपैयाँ लिए ।’
चन्दले दाल भात मात्रै खाएको पनि २५० रुपैयाँ तिर्नुभयो । ‘आफ्नातिर १२० रुपैयाँ पनि नलाग्ने दालभातलाई २५० तिर्नुपर्यो, नखाएर पनि भएन भोक लागेको बेला खानै पर्यो′ उहाँले भन्नुभयो ।
१५ दिनभन्दा बढी भैसक्यो, कलंकीदेखि धार्के/धार्केसम्म लगातार जामले यात्रुले सास्ती खेप्नुपरेको छ । खाल्डाखुल्डी परेर बिग्रिएको सडकमा अहिले रातीको समयमा गाडी बन्द गरेर मर्मतको काम थालिएको छ ।

मर्मतका लागि भन्दै यो सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ । राति गाडी चलाउन रोक लगाएर सडक मर्मत थालेपछि जाम बढ्दा यात्रुले झनै सास्ती खेप्नुपरेको छ ।
राती रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम थपिने गरेको हो । साँघुरो, उकालोओरालो, घुमाउरो मोड रहेको नौबिसे नागढुंगा सडकखण्डमा दैनिक ट्राफिक जामले यात्रु आजित छन् । चाडपर्वका बेलामा सडक मर्मत गर्ने र उकालो बाटोमा बढी भार लिएर काठमाडौं प्रवेश गर्ने गाडी बाटोमै बिग्रिदा थप जाम बढ्ने गरेको छ ।
‘नागढुंगाबाट कंलकी पुग्नै चारदेखि छ घन्टासम्म लाग्यो′ वीरगंजबाट कामको सिलसिलामा काठमाडौं आउनुभएका राकेश यादवले भन्नुभयो, ‘धार्केसम्म त ठिकै थियो त्यो कटेसँगै सुरु भएको जाम कलंकी आउँदासम्मै उस्तै रह्यो ।’

जामले गर्दा बिरामी, अशक्त, वृद्धवृद्धा, बालबालिका झन् बढी समस्यामा छन् । बुधबार भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं रिफर भएकी चितवनको सौराहा निवासी करिब ५५ वर्षीया रजनी चौधरीको बाटोमै ज्यान गयो ।
नौबिसे–नागढुंगा सडक खण्ड पार गर्न घन्टौं लागेपछि चोधरीको एम्बुलेन्समै ज्यान गएको हो । जाममै फसेका बेला त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिका आएपछि चौधरीको बुधबार बिहान करिब १० बजेतिर ज्यान गएको हो ।
जाममा चौधरी जस्तै कैयौँ बिरामीहरु उपचारको खोजीमा छटपटाईरहेका भेटिन्छन् । दिनहुँ हुने जामले लाखौँ यात्रु प्रभावित भएका छन् । काठमाडौं आएर छिट्टै काम सक्ने र फर्किने गरी सीमित समय मिलाएर आएकाहरु नागढुंगासम्म आईपुग्दा फेरि आउन नपरेहुन्थ्यो भन्नेमा पुग्छन् ।
अहिले चाडपर्वको समयमा गाडी पनि थपिएका छन् । गाडीको चाप बढ्दा जाम पनि दोब्बर भएको छ ।

वीरगंजबाट काठमाडौं सामान्यतया ८ घण्टामा आइपुगिन्छ । तर अहिले १४ घण्टासम्म लाग्ने गरेको स्मार्ट डिलक्सका चालक पप्पु सिंहले बताउनुभयो ।
‘सवारी चलाउनै निकै कठिन छ । घच्याक घच्याक गरेर हिँड्नु पर्दा कतै ठक्कर पो दिने हो कि भन्ने त्रास भइरहन्छ । न त निन्द्रा नै पुग्छ′ उहाँले भन्नुभयो ।
रूसमा आएको जनउभारबाट रोजा ज्यादै उत्साहित भएकी थिइन् । जेलबाट लेखेको पत्रहरूमा उनले आफ्नो कैयौं भावनाहरूलाई ज्यादै नै दार्शनिक रूपमा अभिव्यक्त गरेकी थिइन् ।
आङ्खनो उत्साह तथा रूसको स्थितिको वर्णन गर्दै जेलबाट लुसी काउत्सकीलाई रोजाले लेखेकी थिइन्– ‘सम्पूर्णतामा स्थिति ज्यादै गम्भीर छ । तर सबै हुँदाहुँदै पनि हामीहरू आन्दोलित समयमा जिइरहेका छौं । यसकारण खुशी होऊ र प्रत्येक ठाउँमा आङ्खनो उपस्थिति जनाउने गर । जबसम्म हामी जिउँदो छौं, हामीहरूको काम शानदार तरिकाले चल्दै रहनेछ । हामीलाई गर्व छ कि पूरा रूसमा खाली हामीहरूको नै काम तथा सङ्घर्ष धेरै कठिनाइहरू र तनावहरूको बाबजुद पनि उत्साहका साथ जारी छ र अगाडि बढिरहेको छ । यी कुराहरू बोहक सम्पूर्ण रूसमा जारी प्रतिरोधको बुझाइले हामीहरूको भविष्यको सङ्घर्षको प्रारूप पनि हामीहरूको अगाडि प्रस्तुत गर्दछ-गरेको छ ।’
जेलबाट नै १३ मार्च १९०६ मा लूसी काउत्सकीलाई लेखेका अर्को पत्रमा रोजा लेख्छिन् – ‘४ मार्चको बेलुकी मलाई गिरफ्तार गरे । मसँग फिर्ति यात्राको अनुमति भएको पासपोर्ट थियो, म यहाँबाट फिर्ता आउनै लागेको थिएँ, तर अब जिन्दगी यही हो । म आशा गर्दछु कि तिमीले यस विषयलाई आङ्खनो हृदयमा राख्ने छैनौ । तिम्रो दीर्घायू होस् ।’
अगाडिका प्याराग्राफमा दक्षिणपन्थी सोसल डेमोक्रेटिक नेताहरूप्रति आङ्खनो आक्रोश प्रकट गर्दै उनी लेख्छिन्, ‘मेरा साथीहरू भन्छन् ‘रूसी प्रधानमन्त्री र जर्मनको राजदूतलाई तिमी पत्र लेख । तर म त्यस्तो गर्नै सक्दिनँ । भद्रजनहरूलाई कुनै सोसल डेमोक्रेटले भन्दा पनि सुरक्षा दिन सक्छन् ।‘
वार्साको जेल–जीवन रोजाको लागि समस्याहरूको साथसाथै केही खुशी पनि लिएर आएको थियो । जर्मनी प्रवासपछि पहिलोपल्ट दश वर्षपछि रोजाको दाइ र दिदी उनीसँग भेट गर्न जेलमा आएका थिए ।
दाइ र दिदीसँगको यो भेट भावनाहरू, खुशी र उत्साहले भरिएको थियो । तर भेट्ने प्रक्रिया त्यति नै यातनापूर्ण तथा घृणा गर्ने खालको थियो ।
सोफिया लिब्कनेख्तलाई लेखेको पत्रमा त्यस भेटको पीडादायक पक्षको चर्चा गर्दै फरवरी १९०७ मा रोजा लेख्छिन्, ‘मेरो दाइ र दिदी १० वर्षपछि मलाई भेट्न आएका थिए । त्यहाँ उनीहरूलाई एउटा नियमित पिँजडामा बोलाइयो, जसको चारैतर्फ काँडाका तारहरूले बेरिएको थियो । जसबाट यस्तो प्रतित भइरहेको थियो कि एउटा ठूलो पिँजडा भित्र अर्को सानो पिँजडा राखिएको छ । कैदी सिर्फ यस घेराबन्दीको भित्रबाट आफ्नो भेटघाटलाई देख्न सक्दथ्यो । यो भेटघाट पनि कैयौं दिनको भोक हडतालपछि सम्भव भएको थियो । म यति कमजोर भएको थिएँ कि जेलको क्याप्टेनले सहारा दिनु परेको थियो । उभिरहनका लागि मलाई पिँजडाको काँडे तारहरूलाई दुवै हातहरूले समाउनु परेको थियो । यसरी उनीहरूले यस्तो देखाइरहेका थिए मानौँ चिडियाखानामा पिँजडाभित्र कुनै जनावरलाई थुनिराखिएको छ । पिजडा कोठाको अँध्यारो भागमा थियो । मेरो दाइले तारको धेरै नजिक मुख ल्याएर मसँग सोध्यो कि ‘तिमी कहाँ छौ ? उ लगातार रोइरहेको थियो र आँसुहरूले भरिएको उसको आँखाले मलाई देख्न पाइरहेको थिएन ।’
जेलमा रोजालाई शारीरिक श्रम गर्नका लागि बाध्य गर्ने धम्की दिइयो । पोल्याण्डमा उनको विरुद्ध कुनै खास सबुत प्राप्त भएको थिएन । त्यसैले जर्मनीमा उनीद्वारा रूसी क्रान्तिको विषयमा दिइएका कैयौं भाषणहरूलाई उनीहरूले आधार बनाएका थिए । तर उनको स्वास्थ्य खराब हुँदै गइरहेको थियो र त्यसैको आधारमा तीन महिनाको जेल जीवनपछि अन्ततः उनलाई २० जुन १९०७ मा जमानतमा रिहा गरिदिएका थिए ।
जेलबाट रिहाइ भएपछि पोल्याण्ड र कैयौं अरू ठाउँहरूमा उनको भव्य स्वागत गरियो । उनको जीवनी–लेखक फरोलिचले त्यस समयको वर्णन गर्दै लेखेकी छिन्– ‘प्रत्येक ठाउँमा क्रान्तिको जीवन्त प्रतिनिधिको रूपमा उनको स्वागत भएको थियो उत्साहित जनता कुनै पनि किसिमको रोकावटको अनुरोधलाई स्वीकार गर्नका लागि तयार थिएनन् । यहाँसम्मकी जनताको ठूलो दबाबको कारण रोजालाई ट्रेड युनियनको मञ्चबाट पनि बोल्ने अनुमति दिनु परेको थियो । जुन उनका लागि त्यतिखेर बन्देज लगाइएको थियो ।’
रोजाले कुनै पनि किसिमले जेलबाट मुक्ति पाइन् तर जोगिचेजलाई डिसेम्बर १९०६ मा सश्रम ८ वर्षको सजाय भयो । तर उ पनि अप्रिल १९०७ मा जेलबाट भाग्न सफल भयो र मे १९०७ मा पुनः बर्लिन फिर्ता आएको थियो ।
याे पुस्तक मण्डप बुक्सले बजारमा ल्याएकाे हाे ।
lkkl;k;
fdfgfhfjhgj
Search This Blog
Categories
Wikipedia
Search results
Text Widget
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.
Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.
Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.
Sample Text
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.
Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.
Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.
Translate
Definition List
- Definition list
- Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
- Lorem ipsum dolor sit amet
- Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
Pages
Support
Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.
Ordered List
- Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
- Aliquam tincidunt mauris eu risus.
- Vestibulum auctor dapibus neque.




