रूसमा आएको जनउभारबाट रोजा ज्यादै उत्साहित भएकी थिइन् । जेलबाट लेखेको पत्रहरूमा उनले आफ्नो कैयौं भावनाहरूलाई ज्यादै नै दार्शनिक रूपमा अभिव्यक्त गरेकी थिइन् ।
आङ्खनो उत्साह तथा रूसको स्थितिको वर्णन गर्दै जेलबाट लुसी काउत्सकीलाई रोजाले लेखेकी थिइन्– ‘सम्पूर्णतामा स्थिति ज्यादै गम्भीर छ । तर सबै हुँदाहुँदै पनि हामीहरू आन्दोलित समयमा जिइरहेका छौं । यसकारण खुशी होऊ र प्रत्येक ठाउँमा आङ्खनो उपस्थिति जनाउने गर । जबसम्म हामी जिउँदो छौं, हामीहरूको काम शानदार तरिकाले चल्दै रहनेछ । हामीलाई गर्व छ कि पूरा रूसमा खाली हामीहरूको नै काम तथा सङ्घर्ष धेरै कठिनाइहरू र तनावहरूको बाबजुद पनि उत्साहका साथ जारी छ र अगाडि बढिरहेको छ । यी कुराहरू बोहक सम्पूर्ण रूसमा जारी प्रतिरोधको बुझाइले हामीहरूको भविष्यको सङ्घर्षको प्रारूप पनि हामीहरूको अगाडि प्रस्तुत गर्दछ-गरेको छ ।’
जेलबाट नै १३ मार्च १९०६ मा लूसी काउत्सकीलाई लेखेका अर्को पत्रमा रोजा लेख्छिन् – ‘४ मार्चको बेलुकी मलाई गिरफ्तार गरे । मसँग फिर्ति यात्राको अनुमति भएको पासपोर्ट थियो, म यहाँबाट फिर्ता आउनै लागेको थिएँ, तर अब जिन्दगी यही हो । म आशा गर्दछु कि तिमीले यस विषयलाई आङ्खनो हृदयमा राख्ने छैनौ । तिम्रो दीर्घायू होस् ।’
अगाडिका प्याराग्राफमा दक्षिणपन्थी सोसल डेमोक्रेटिक नेताहरूप्रति आङ्खनो आक्रोश प्रकट गर्दै उनी लेख्छिन्, ‘मेरा साथीहरू भन्छन् ‘रूसी प्रधानमन्त्री र जर्मनको राजदूतलाई तिमी पत्र लेख । तर म त्यस्तो गर्नै सक्दिनँ । भद्रजनहरूलाई कुनै सोसल डेमोक्रेटले भन्दा पनि सुरक्षा दिन सक्छन् ।‘
वार्साको जेल–जीवन रोजाको लागि समस्याहरूको साथसाथै केही खुशी पनि लिएर आएको थियो । जर्मनी प्रवासपछि पहिलोपल्ट दश वर्षपछि रोजाको दाइ र दिदी उनीसँग भेट गर्न जेलमा आएका थिए ।
दाइ र दिदीसँगको यो भेट भावनाहरू, खुशी र उत्साहले भरिएको थियो । तर भेट्ने प्रक्रिया त्यति नै यातनापूर्ण तथा घृणा गर्ने खालको थियो ।
सोफिया लिब्कनेख्तलाई लेखेको पत्रमा त्यस भेटको पीडादायक पक्षको चर्चा गर्दै फरवरी १९०७ मा रोजा लेख्छिन्, ‘मेरो दाइ र दिदी १० वर्षपछि मलाई भेट्न आएका थिए । त्यहाँ उनीहरूलाई एउटा नियमित पिँजडामा बोलाइयो, जसको चारैतर्फ काँडाका तारहरूले बेरिएको थियो । जसबाट यस्तो प्रतित भइरहेको थियो कि एउटा ठूलो पिँजडा भित्र अर्को सानो पिँजडा राखिएको छ । कैदी सिर्फ यस घेराबन्दीको भित्रबाट आफ्नो भेटघाटलाई देख्न सक्दथ्यो । यो भेटघाट पनि कैयौं दिनको भोक हडतालपछि सम्भव भएको थियो । म यति कमजोर भएको थिएँ कि जेलको क्याप्टेनले सहारा दिनु परेको थियो । उभिरहनका लागि मलाई पिँजडाको काँडे तारहरूलाई दुवै हातहरूले समाउनु परेको थियो । यसरी उनीहरूले यस्तो देखाइरहेका थिए मानौँ चिडियाखानामा पिँजडाभित्र कुनै जनावरलाई थुनिराखिएको छ । पिजडा कोठाको अँध्यारो भागमा थियो । मेरो दाइले तारको धेरै नजिक मुख ल्याएर मसँग सोध्यो कि ‘तिमी कहाँ छौ ? उ लगातार रोइरहेको थियो र आँसुहरूले भरिएको उसको आँखाले मलाई देख्न पाइरहेको थिएन ।’
जेलमा रोजालाई शारीरिक श्रम गर्नका लागि बाध्य गर्ने धम्की दिइयो । पोल्याण्डमा उनको विरुद्ध कुनै खास सबुत प्राप्त भएको थिएन । त्यसैले जर्मनीमा उनीद्वारा रूसी क्रान्तिको विषयमा दिइएका कैयौं भाषणहरूलाई उनीहरूले आधार बनाएका थिए । तर उनको स्वास्थ्य खराब हुँदै गइरहेको थियो र त्यसैको आधारमा तीन महिनाको जेल जीवनपछि अन्ततः उनलाई २० जुन १९०७  मा जमानतमा रिहा गरिदिएका थिए ।
जेलबाट रिहाइ भएपछि पोल्याण्ड र कैयौं अरू ठाउँहरूमा उनको भव्य स्वागत गरियो । उनको जीवनी–लेखक फरोलिचले त्यस समयको वर्णन गर्दै लेखेकी छिन्– ‘प्रत्येक ठाउँमा क्रान्तिको जीवन्त प्रतिनिधिको रूपमा उनको स्वागत भएको थियो उत्साहित जनता कुनै पनि किसिमको रोकावटको अनुरोधलाई स्वीकार गर्नका लागि तयार थिएनन् । यहाँसम्मकी जनताको ठूलो दबाबको कारण रोजालाई ट्रेड युनियनको मञ्चबाट पनि बोल्ने अनुमति दिनु परेको थियो । जुन उनका लागि त्यतिखेर बन्देज लगाइएको थियो ।’
रोजाले कुनै पनि किसिमले जेलबाट मुक्ति पाइन् तर जोगिचेजलाई डिसेम्बर १९०६ मा सश्रम ८ वर्षको सजाय भयो । तर उ पनि अप्रिल १९०७ मा जेलबाट भाग्न सफल भयो र मे १९०७ मा पुनः बर्लिन फिर्ता आएको थियो ।

याे पुस्तक मण्डप बुक्सले बजारमा ल्याएकाे हाे ।

0 comments to "रूसी जारको जेलमा रोजा"

Leave a comment

Search This Blog

Categories

Wikipedia

Search results

Text Widget

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Translate

Definition List

Definition list
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
Lorem ipsum dolor sit amet
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.

Ordered List

  1. Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  2. Aliquam tincidunt mauris eu risus.
  3. Vestibulum auctor dapibus neque.