Home » , , , , , , , » कलंकी – धार्के सडकमा उकुसमुकुस यात्रा

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउन दीपिका चन्दलाई २३ घण्टा लाग्यो । मंगलबार मध्यान्ह १२ बजे गाडी चढ्नुभएकी उहाँलाई बुधबार बिहान ११ बजे मात्रै बसले काठमाडौं ल्याइपुर्यायो ।  
अरुबेला १८/१९ घण्टामै काठमाडौं आइपुग्ने गरेकोमा अहिले भने २३ घण्टा लागेको उहाँले सुनाउनुभयो । महेन्द्रनगरबाट मुग्निलसम्म आउँदा छिट्टै पुगिन्छ जस्तो लागेको भए पनि मुग्लिन कटेर धार्के सुरु भएपछि बस हिँड्नै छाडेको उहाँले बताउनुभयो ।
बस रोकिँदै हिँड्दै गर्दा त्यहाँबाट काठमाडौंसम्म आइपुग्न मात्रै ४/५ घण्टा समय खर्च भयो । 
दाङको भालुवाङबाट काठमाडौं आईपुग्न सामान्य अवस्थामा १२ घण्टाभन्दा बढी लाग्दैन । तर अहिले दाङबाट काठमाडौंसम्म आउन पनि १८ घण्टासम्म लाग्ने गरेको नमस्ते राप्ती यातायातका सहचालक दिपेस रावलले बताउनुभयो । 
‘नागढुङ्गाबाट काठमाडौं छिचोल्नै अहिले सबैभन्दा धेरै सकस हुन्छ′ उहाँले भन्नुभयो, ‘बाटो जताततै भत्केको छ, धुलो धुवाँ त्यस्तै छ, त्यसमाथि गाडी अगाडि नबढ्दा दिक्दारी त्यस्तै लाग्छ ।’    
‘दसैँको मौका छोपेर बाटोमा खाजा, नास्ता खुवाउने पसलेले पनि त्यस्तै ठग्नेरहेछन्,’ काठमाडौं ओर्लनुभएकी चन्दले सुनाउनु भयो, ‘चाउचाउ उमालेर दिएको मात्रै ७५ रुपैयाँ लिए ।’
चन्दले दाल भात मात्रै खाएको पनि २५० रुपैयाँ तिर्नुभयो । ‘आफ्नातिर १२० रुपैयाँ पनि नलाग्ने दालभातलाई २५० तिर्नुपर्यो, नखाएर पनि भएन भोक लागेको बेला खानै पर्यो′ उहाँले भन्नुभयो । 
१५ दिनभन्दा बढी भैसक्यो, कलंकीदेखि धार्के/धार्केसम्म लगातार जामले यात्रुले सास्ती खेप्नुपरेको छ । खाल्डाखुल्डी परेर बिग्रिएको सडकमा अहिले रातीको समयमा गाडी बन्द गरेर मर्मतको काम थालिएको छ ।
मर्मतका लागि भन्दै यो सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ । राति गाडी चलाउन रोक लगाएर सडक मर्मत थालेपछि जाम बढ्दा यात्रुले झनै सास्ती खेप्नुपरेको छ ।
राती रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम थपिने गरेको हो । साँघुरो, उकालोओरालो, घुमाउरो मोड रहेको नौबिसे नागढुंगा सडकखण्डमा दैनिक ट्राफिक जामले यात्रु आजित छन् । चाडपर्वका बेलामा सडक मर्मत गर्ने र उकालो बाटोमा बढी भार लिएर काठमाडौं प्रवेश गर्ने गाडी बाटोमै बिग्रिदा थप जाम बढ्ने गरेको छ ।  
‘नागढुंगाबाट कंलकी पुग्नै चारदेखि छ घन्टासम्म लाग्यो′ वीरगंजबाट कामको सिलसिलामा काठमाडौं आउनुभएका राकेश यादवले भन्नुभयो, ‘धार्केसम्म त ठिकै थियो त्यो कटेसँगै सुरु भएको जाम कलंकी आउँदासम्मै उस्तै रह्यो ।’
जामले गर्दा बिरामी, अशक्त, वृद्धवृद्धा, बालबालिका झन् बढी समस्यामा छन् । बुधबार भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं रिफर भएकी चितवनको सौराहा निवासी करिब ५५ वर्षीया  रजनी चौधरीको बाटोमै ज्यान गयो ।
नौबिसे–नागढुंगा सडक खण्ड पार गर्न घन्टौं लागेपछि चोधरीको एम्बुलेन्समै ज्यान गएको हो । जाममै फसेका बेला त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिका आएपछि चौधरीको  बुधबार बिहान करिब १० बजेतिर ज्यान गएको हो । 
जाममा चौधरी जस्तै कैयौँ बिरामीहरु उपचारको खोजीमा छटपटाईरहेका भेटिन्छन् । दिनहुँ हुने जामले लाखौँ यात्रु प्रभावित भएका छन् । काठमाडौं आएर छिट्टै काम सक्ने र फर्किने गरी सीमित समय मिलाएर आएकाहरु नागढुंगासम्म आईपुग्दा फेरि आउन नपरेहुन्थ्यो भन्नेमा पुग्छन् । 
अहिले चाडपर्वको समयमा गाडी पनि थपिएका छन् । गाडीको चाप बढ्दा जाम पनि दोब्बर भएको छ । 
वीरगंजबाट काठमाडौं सामान्यतया ८ घण्टामा आइपुगिन्छ । तर अहिले १४ घण्टासम्म लाग्ने गरेको स्मार्ट डिलक्सका चालक पप्पु सिंहले बताउनुभयो ।
‘सवारी चलाउनै निकै कठिन छ । घच्याक घच्याक गरेर हिँड्नु पर्दा कतै ठक्कर पो दिने हो कि भन्ने त्रास भइरहन्छ । न त निन्द्रा नै पुग्छ′ उहाँले भन्नुभयो ।  

0 comments to "कलंकी – धार्के सडकमा उकुसमुकुस यात्रा"

Leave a comment

Search This Blog

Categories

Wikipedia

Search results

Text Widget

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Translate

Definition List

Definition list
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
Lorem ipsum dolor sit amet
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.

Ordered List

  1. Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  2. Aliquam tincidunt mauris eu risus.
  3. Vestibulum auctor dapibus neque.