Home » » विदेशमा ठक्कर खानु पहिले सीप हातमा : सीप भएपछि काम साथमा

अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, चैत २३ – झापा दमकका अमरबहादुर फागो गएको वर्ष कतार जान ठिक्क पर्नुभएको थियो । तर अन्तिम समयमा उहाँले कतार जाने निर्णय बदल्नुभयो । किनभने  उहाँको साथी कतार पुगेको तीन महिनामै फर्केर आए ।
बुझ्दा थाहा भयो, साथी त केही सीप नै नसिकी विदेश गएका रहेछन् । यो सुनेर उहाँ झनै तर्सिनुभयो । साथीले विदेशमा पाएको दुःख सम्झिएर उहाँले बाचा गर्नुभयो ‘अब म कुनै हालतमा विदेश जान्न, सीप सिकेर देशमै केही गर्छु ।’ झापामा १२ कक्षाको परीक्षा दिएर सीप सिक्न काठमाडौं आएका अमरले प्लम्बर सम्बन्धी तीन महिनाको तालिम लिइसक्नुभएको छ । ‘अब झापा गएर काम गर्छु’ तालिम लिइरहेका उहाँले भन्नुभयो । तालिम केन्द्रमा अर्का युवा पनि भेटिए, जो विदेशमा हण्डर खाएर फर्केपछि सीप सिक्दै थिए । ललितपुर चापागाउँका नरेन्द्र देशार दुई वर्षअघि दुबईमा सेक्युरेटी गार्डको काममा जानुभएको थियो । काम नजानेको भन्दै साहूले थर्काउँदा उहाँको मन साह्रै दुख्यो । त्यसपछि उहाँ घर फर्कनुभयो र केही गर्छु भन्ने आँटका साथ तालिम लिन थाल्नुभयो । ‘सीप सिकेर आफु दक्ष भइयोे भने आत्मबल पनि बढ्छ कसैको अधिनमा रहेर काम गर्नै पर्दैन’ उहाँले भन्नुभयो । देशमा काम पाइएन भनेर धेरै युवाहरु हातमा सीप नभइकनै पनि विदेशतिर हानिन्छन् । सीप नभएका युवाहरुले विदेशमा धेरै दुःख पाएका खबर बेलाबेला सार्वजनिक भैरहन्छन् ।  त्यसैले हातमा सीप हुनुपर्छ भन्ने कुरा सबैले बुझ्न थालेका छन् । हातमा सीप भयो भने काम खोज्न विदेशतिर भौंतारिनु पनि पर्दैन । आफ्नो गाउँठाउँमै बसेर आनन्दले काम गर्न पाइन्छ । 
त्यसमाथि हातमा सीप नहुँदासम्म प्रमाणपत्र र सर्टिफिकेटको भरमा मात्रै जागिर पाउने जमाना पनि छैन ।  त्यसैले सीप सिक्ने तालिममा पढेलेखेका युवाको पनि उत्तिकै आकर्षण छ । प्लम्बरको तालिम लिँदै गरेका बर्दियाका समित चौधरी भन्नुहुन्छ, ‘पढेर मात्र के हुन्छ र हातमा सीप छैन भने प्रमाणपत्रका ठेली जति भएपनि सीप नहुँदा कसले जागिर दिन्छ र ?’ हातमा सीप सार्नकै लागि उहाँ बिहान ११ बजेसम्म कलेज जानुहुन्छ, त्यसपछि तालिम केन्द्रमा पुग्नुहुन्छ ।  
सीप मुलक तालिम लिएपछि खाली हात बस्नुपर्दैन । काम खोज्दै भौंतारिनु पनि पर्दैन । लाखौं रुपैयाँ खर्च गरेर विदेश जाने, जानी नजानी जस्तोसुकै काममा पनि लाग्ने र पछि दुःख पाएर फर्किनुभन्दा सीप सिक्यो भने कामको दुःख हुँदैन । आफू भौंतारिनुभन्दा पहिले अवसर आफैं आफ्नो अघिल्तिर देख्न पाइन्छ । 
हातमा सीप नभएका तर केही काम गर्छु भन्ने युवाहरुलाई ऋण दिन पनि बैंक तथा सहकारीहरुले झट्ट विश्वास गर्दैनन् । तर जो युवाका हातमा सीप सिकेको प्रमाणपत्र छ, उसले तत्काल ऋण पनि पाउँछ र आफ्नै काम गरेर मनग्गे आम्दानी गर्न सक्छ । सीप सिकेका युवा  काम नगरी बस्दैनन् । एक अध्यनका अनुसार तालिम लिनेमध्य ७९ प्रतिशत युवाले आफ्नै इलम गरेर बसेका छन् । सिपमुलक तालिम लिन धेरै खर्च पनि लाग्दैन । युवालाई देश विदेशमा रोजगारीका अवसर दिन भन्दै दर्जनौं सरकारी तथा गैरसरकारी संस्थाले निःशुल्क सिपमुलक तालिम दिइरहेका छन् । 
रोजगार कोषको सचिवालय तथा हेल्भेटास स्विस इन्टर को अपरेसनका फिल्ड अफिसर  मनोज थापा भन्नुहुन्छ ‘हाम्रो सहयोगमा सञ्चालिन निःशुल्क सिपमुलक कार्यक्रम निकै प्रभावकारी भैरहेको छ, तालिम पछि अधिकांश युवाले आफ्नै काम गरेर बसेका छन ’ । उहाँको भनाईमा तालिम सिकेर विदेश गएका युवाले पनि अरुको तुलनामा दोब्बर कमाइ गरेका छन् । 
सीप सिकेर आफ्नै व्यावसाय गरिरहेका युवाहरु र सीप सिक्दै गरेका युवाहरुको जोश, जाँगर र सफलता के पुष्टि गर्छ भने सीप सिकेर सानो लगानीमा काम थाल्यो भने यसले गतिलो प्रतिफल दिन्छ 

0 comments to "विदेशमा ठक्कर खानु पहिले सीप हातमा : सीप भएपछि काम साथमा"

Leave a comment

Search This Blog

Categories

Wikipedia

Search results

Text Widget

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Translate

Definition List

Definition list
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
Lorem ipsum dolor sit amet
Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.

Ordered List

  1. Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  2. Aliquam tincidunt mauris eu risus.
  3. Vestibulum auctor dapibus neque.