मुख्य सचिवको नेतृत्व, ९९ औं हप्तासम्मको सरसफाई, २ लाख ८० हजार मानिसको सहभागिता, झण्डै १ हजार संघ संस्थाको सहभागिता र झण्डै ३ हजार टन फोहोर बागमतीबाट उठाउन सफल ।
यसबाट पुष्टी हुन्छ, झण्डै २ बर्षको अन्तरालमा बागमती सरसफाईमा कति मानिसको सहभागिता र उत्साह छ भन्ने ।
२०७० सालको जेठदेखि सरकारका मुख्य सचिव लिलामणि पौडेलको अग्रसरतामा सुरु भएको बागमती सरसफाइ महाअभियान सयौं हप्तामा पुग्दैछ ।
भविष्यका पुस्तालाई बागमतीको महत्व बिर्सन नदिन पनि यसको सरसफाई आवश्यक थियो । त्यसैले सरसफाई महाअभियानको सुरु भएको हो । सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा हरेक हप्ताको शनिबार विभिन्न संघसंस्थाको सहभागितामा सरसफाई हुने गर्छ । अहिलेसम्म २८ सय टन फोहोर निकालिएको छ । यति धेरै फोहोर निकाल्दा त बागमती पुरै सफा हुनुपर्ने हो ।
तर सोचेजति सफा भएको छैन । बागमतीबाट निकालेको सबै फोहोर उचित व्यवस्थापन गरिएको भए सायद बागमती नदी धेरै सफा भैसक्ने थियो । पहिलो कुरा त हरेक शनिबार जति फोहोर नदीबाट निकालिन्छ, त्यो सबै फोहोर महानगरपालिकाले समयमै नउठाउँदा बागमती सफाई अभियान पूर्ण प्रभावकारी हुन सकेको छैन ।
दोस्रो कुरा बागमती वरपरका बासिन्दा (विशेषगरी सुकुम्कबासी) मा बाग्मती सरसफाईबारे चेतना नहुँदा पनि समस्या कायमै छ । बिहान हजारौंको सहभागितामा बागमतीको फोहोर निकाल्यो, तर अर्को हप्ता त्यो ठाउँमा पुग्दा स्थानियले फोहोर फालेर जस्ताको तस्तै बनाइसक्छन् । त्यसैले बागमती नदी पूर्ण सफाइ हुन सकेको छैन ।
झण्डै २ वर्षको बागमती सफाईले हाम्रा नदीनाला सफा राख्नुपर्छ है भन्ने सन्देश दियो । यसको उदाहरण हो, बाग्मती सफाइ अभियानको केही समयमै धोवीखोला र विष्णुमतीको सफाइ अभियान सुरु हुनु । भक्तपुरको हनुमन्ते खोलाको सफाई पनि बाग्मतीले नै सिकाएको हो ।
बागमती सफाई अभियानमा ठूलो चुनौती हो, सिधै मिसाइने ढल । बागमती धेरै फोहोर हुनुको मुख्य कारण पनि यही हो । तर यसको पनि व्यावस्थापन गर्ने काम भैरहेको छ । बागमती र धोवीखोलाको किनारमा ढल हाल्ने काम तिब्र रुपमा भैरहेको हो । विष्णुमती र भक्तपुरबाट आउने खोलाहरुमा मिसाउने ढलको व्यावस्थापन गर्ने हो भने बागमतीमा ढलको समस्या समाधान हुन्छ ।
अब कुरा रह्यो नदीमा फालिने फोहोरको । यसका लागि त आममानिसमा चेतनाको विकल्प छैन । ‘जबसम्म मानिसमा चेतना आउँदैन तबसम्म हामीले जति गरेपनि पूर्ण रुपमा बागमती सफा हुन सक्दैन’ मुख्यसचिव तथा बागमती सफाई अभियानका अभियन्ता लिलामणि पौड्याल भन्नुहुन्छ, ‘हामीले सफा गर्दै जाने र अरुले फोहोर गर्दै जाने हो भने बागमती कहिल्यै सफा हुदैंन ।’
सबैमा चेतना पुग्यो भने बागमती पहिलेको जस्तै सफा र स्वच्छ हुन कुनै गाह्रो छैन । ‘पहिले सानो छँदा हामीले सेतो बालुवा पन्छाएर गाईले जस्तो मुख डुबाएर पानी पिउँथ्यौं तर अहिले हेर्दा संसारमा यस्तो फोहोर नदी कतै छैन होला’ ललिलपुर धोविघाटका ८० वर्षिय ध्रुव थापाले भन्नुभयो, ‘कुकुर मरे पनि बागमतीमा, मान्छे मरे पनि बागमतीमा फाल्नाले यो स्थिती आएको हो ।’

तर ९९ हप्ताको सफाईबाट उत्साहित थापाले भन्नुभयो, ‘बागमती पहिलाको अवस्थामा फर्कने संकेत देखिएको छ, यहाँका स्थानियमा चेतना आयो भने म मर्नु अगाडि नै बागमती हेर्दा मेरो बाल्यकाल सम्झाइदिनेछ ।’

0 comments to "बागमती जति सफा, उति फोहोर (तस्बिर सहित)"