अर्जुन पोख्रेल
काठमाडाै, साउन २० - बुङ्गमतीको रातो
मछिन्द्रनाथको मन्दिरबाट ससाना धेरै गल्लीभित्र छिरेपछि एउटा ठूलो घरको
भग्नावशेषमा पुगिन्छ । त्यहीँ नजिकै छ, बुद्धरत्न शाक्यको टहरो । भूकम्पको
बेला घरले चेपेर घाइते भएका उहाँ हिँडडूल गर्न सक्नुहुन्न । खानपीन गर्दा
समेत कसैको सहारा चाहिन्छ ।
साँघुरो र सानो टहरोमा ४ वटा खाट र
भान्साकोठा छ । खाटमा सुतिरहेका ७० बर्षका शाक्यको शरीरमा हाडछाला मात्र
बाँकी छ । वैशाख १२ गतेको भूकम्पमा घरले च्यापेर घाइते भएका उहाँ बिस्तारै
बोल्न त सक्नुहुन्छ, तर हिँडडूल गर्न सक्नुहुन्न । ‘ज्यान दुखेर खपिनसक्नु
हुन्छ, कम्मरमुनीको भाग नचल्दा अपाङ्ग भएको छु ।’
सुकेर हड्डी मात्र बाँकी रहेको औंलाले
अलिपर देखाउँदै उहाँले भन्नुभयो, ‘भूकम्प आउँदा म उ..... त्यही घरमा थिएँ ।
२ तलामाथि काम गर्दा गर्दै भूकम्प गयो । बाहिर निस्कन ढोकामा पुग्दा त
घरको गाह्रो ढल्यो र ड्याम्मै लाग्यो । सुरुमा २÷४ वटा ईंट्टाले टाउकोमा
लाग्यो, पछि त आधा ज्यान पुरै पर्खालमुनी पो भएछ । मलाई खपिसक्नु भएन निकै
चिच्याएँ । केहीबेर पछि छोरा आयो । ईंट्टा पन्छाएर मलाई झिक्न त झण्डै २
घण्टा लाग्यो । त्यसपछि मलाई भैंसेपाटीको अस्पतालमा लगे । त्यहाँ डाक्टरले
टाउकोमा औषधी लगाइदिए, कम्मरमा मालिस गर्ने औषधी दिएर मलाइ घर पठाए । घरमा
बस्ने ठाउँ थिएन, छोरोले पलाष्टिको छाप्रो बनाएर मलाई राख्यो । तर मेरो
कम्मरमुनीको भाग त चल्दै चलेन । मलाइ असाध्यै डर लाग्यो । त्यहीबेला जापनिज
मान्छे आए । मलाइ चेकजाँच गरे र केही ओखती दिए । त्या, औषधीले केही काम
गरे जस्तो भयो तर मेरो कम्मरमुनीको भाग चल्दै चलेन । अर्को दिन ‘मिलिटरी’
आएर मलाइ मिलिटरी अस्पतालमा लगे । 
मलाइ लागेको थियो मिलिटरी अस्पतालमा
लगेपछि त राम्रो उपचार गर्लान र निको होला । तर ५ दिन बस्दासम्म त्यहाँ त
केही पनि गरेन । सतेको सुत्यै । खाली यता र उता पल्टाए मात्र ।उल्टो मलाई,
टाउकोको घाउ र कम्मरमुनी दुखेर खपिसक्नु भएन ।’
यसो भन्दै गर्दा बुद्धरत्नको गला रोकियो ।
आँखाबाट तप्प तप्प आँसु चुहिए । उहाँले अस्पतालका दिन सम्झँदै भन्नुभयो,
‘मिलिटरी अस्पतालमा १५ दिन बस्दा घाउ झन पाके, मलाइ झन दुख्यो । त्यसपछि
छोराहरुले मलाई कीर्तिपुर अस्पतालमा लगे । त्यहाँका डाक्टरले अप्रेशन
गर्नुपर्छ भने । अप्रेशन गर्दा पनि कहिले यता घोच्ने कहिले उता घोच्ने ।
यताको छाला काढेर उता, उताको छाला तानेर यता गराउने । म त रातदिन रोएर
मर्न लागेको थिएँ । एक त बुढेसकाल, त्यहाँमाथि दशथरीका दुखाई । अनि कसरी
बाँचिन्छ र ? बरु अस्पताल जाँदा दुवै आँखा ठिक थिए । अहिले त देब्रै आँखा
देख्नै पो छाडँे त । मेरा घाउ कहिले बिसेक होलान र खै ।’
अस्पतालमा भएको उपचारमा उहाँलाई पटक्कै चित्त बुझेको छैन ।
‘राम्रो अस्पतालमा डाक्टरले ध्यान दिएर
उपचार गरेको भए मलाई उहिले नै निको हुन्थ्यो’ बुद्धरत्नले भन्नुभयो, ‘कसैले
राम्रो अस्पतालमा लगिदिए मैले यसरी नर्कको जीवन काट्नैपर्ने थिएन ।’
बुढेसकालमा मिठो मसिनो खाने र आराम गुर्नपर्ने बुद्धरत्न भूकम्प गएको दिनदेखि थलिनुभएको छ । यति मात्र होइन उहाँलाई छोराहरुको व्यवहारले पनि थप चित्त दुखाएको छ । उहाँले भन्नुभयो, ‘छोरा त ३ जना हुन्, तर मलाई माया गर्न कोही आउँदैनन् । जेठा र माइला छोरा कहिलेकाहीँ ठुस्स पर्दै आउछन्, बुहारीको के कुरा र नाकमुख नै देखाउँदैनन् । मलाई माया गर्ने भनेको त बुढि मात्रै हो ।’
बुढेसकालमा मिठो मसिनो खाने र आराम गुर्नपर्ने बुद्धरत्न भूकम्प गएको दिनदेखि थलिनुभएको छ । यति मात्र होइन उहाँलाई छोराहरुको व्यवहारले पनि थप चित्त दुखाएको छ । उहाँले भन्नुभयो, ‘छोरा त ३ जना हुन्, तर मलाई माया गर्न कोही आउँदैनन् । जेठा र माइला छोरा कहिलेकाहीँ ठुस्स पर्दै आउछन्, बुहारीको के कुरा र नाकमुख नै देखाउँदैनन् । मलाई माया गर्ने भनेको त बुढि मात्रै हो ।’
उहाँले आफ्नो व्यथा थप्नुभयो, ‘मेरो
ज्यानमा त एक मुठी तागत पनि छैन, उठ्नै सक्दिन, तागत लाउने औषधी पनि दिएनन्
। एकदिन रेडियो सुनेको बिदेशबाट टन्नै खानेकुरा आएको थियो रे तर सबै
कुहियो रे । 
भूकम्प पीडितलाई सरकारले गरेको व्यवहार
उहाँलाई पटक्कै मन परेको छैन । देशमा सरकार नै नभएको भन्दै उहाँले
भन्नुभयो , ‘कुनचाहिँ सरकारले हाम्रो लागि काम गर्यो ? कहाँ छ सरकार ? म
जस्तो बुढाको यस्तो कन्तबिजोग हुँदा पनि नहेर्ने सरकारको के कुरा गर्नु र ।
कीर्तिपुर अस्पतालमा टिभी हेरेको थिएँ, बिदेशमा भूकम्प आउँदा त सरकारले म
जस्ता बुढालाई कति राम्ररी हेरचाह गरेको रहेछ । यहाँ त आएको तागतिलो
कुरा पनि कुहियो रे हामीले पाएनौं ।’
टहरोको दैनिकी साह्रै दुःखसँग बितेको
उहाँले गुनासो गर्नुभयो । भत्केको घर देखाउदै उहाँले भन्नुभयो, ‘मेरो घर त
राजाको दरबार भन्दापनि राम्रो थियो । जीवनभर हातका नङग्रा खियाएर बनाएको
मेरो दरबार दैवले लुट्यो । कति आनन्दले बसेको थिएँ तर आज मेरो खुशीमा दैवले
डाहा गर्यो ।’
ओछ्यानबाटै यसो मुन्टो उठाएर भत्केको घर
देखाउँदै बुद्धरत्नले आँसु झार्दे भन्नुभयो ‘उ त्यही हो मेरो पहिलेको
दरबार, तर अहिले त मसानघर जस्तो लाग्छ । २ महिना अस्पताल बसेर फर्कंदा मेरो
दरबारको यो हालत देखेर मलाई कस्तो भए होला सोच्नुहोस् त ।’



0 comments to "दरबार’ पनि ढल्यो, ज्यान पनि गल्यो"